अख्तियारको कार्यालय महेन्द्रनगरमा चार सय उजुरी दर्ता

पाँजलो न्युज
११ पुष २०७९ ६:४६
अख्तियारको कार्यालय महेन्द्रनगरमा चार सय उजुरी दर्ता

दिपायल :अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा अनियमितताका चार सय उजुरी दर्ता भएका छन्। चालु आर्थिक वर्षको साउनदेखि पुस पहिलो सातासम्म आर्थिक अनियमितताका चार सय उजुरी दर्ता भएको पाइएको हो। सबैभन्दा बढी साउनमा एक सय ४१, भाद्र महिनामा ८४, असोजमा ५१, कात्तिकमा ३६, मंसिरमा ६० तथा पुसको पहिलो हप्तासम्म २८ गरी चार सय उजुरी दर्ता भएका छन्।कुल दर्ता उजुरीमध्ये ३५ प्रतिशत स्थानीय तहसँग सम्वन्धित  भएको अख्तियारको कञ्चनपुर कार्यालयले जनाएको छ। आयोगको वेभसाइट, इमेल, टेलिफोन, फेसबुक, भाइवर, लिखित निवेदन तथा हुलाक सेवाबाट ती उजुरी अख्तियारमा दर्ता भएको आयोगका सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए।

चालु आर्थिक वर्ष सुरु भएसँगै आर्थिक अनियमितताका उजुरी एकपछि अर्को बढ्दै गएको कार्यालयले जनाएको छ। संघ, प्रदेश र स्थानीय सरकारमार्फत सञ्चालित विकास निर्माणका योजनामा हुने आर्थिक चलखेल र अनियमितता विरुद्ध यसैगरी उजुरी आउनेक्रम बढेको सूचना अधिकारी ढकालले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *