दिपायल – मुलुकी अपराध संहिता ऐन–२०६४ ले जबरजस्ती करणीसम्बन्धी कसुरको व्यवस्था गरेको छ। ऐनअनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरीबिना करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई करणी गरेमा त्यस्ता महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने उल्लेख छ।
उमेर नपुगेर गरिएको विवाह अवैध
विशेष गरी २० वर्षमुनिका युवतीसँगको विवाहलाई अवैध र १८ वर्षमुनिका युवतीसँग सहमतिमा हुने शारीरिक सम्बन्धलाई समेत कानुनले जबरजस्ती करणी मानेको छ। त्यस्तै लिभिङ टुगेदर र सहमतिमा हुने सम्बन्धलाई लिएर युवतीले प्रहरीमा जाहेरी दिएमा जबरजस्ती करणी मुद्दा आकर्षित हुन्छ। यस्ता जबरजस्ती करणी मुद्दाका दर्जनौ व्यक्ति अहिले पनि फरार छन्। डोटीबाट तीन र बाजुराबाट एक गरी चार जना यौन अपराधमा संलग्न फरार छन्। डोटी जिल्ला भने सुदूरपश्चिमकै शान्ति सुरक्षामा सबल जिल्ला भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख राजेन्द्र धमला बताउँछन्। ‘डोटीमा थोरै लागु औषधको समस्या छ, बाँकी शान्ति सुरक्षाको हिसाबमा प्रदेशकै उत्कृट जिल्ला भनेकै डोटी हो।’
प्रतिक्रिया