सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथको ‘साइत जुर्यो’

पाँजलो न्युज
७ पुष २०७९ ७:२०
सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथको ‘साइत जुर्यो’

दिपायल ।सुदूरपश्चिम प्रदेश सभा सदस्यको शपथका लागि साइत जुराइएको छ।प्रदेश सभा सचिवालयका अनुसार यहीँ पुस १५ गते प्रदेशसभा सदस्यहरुको शपथको साइत जुरेको हो। प्रदेश सभा सचिवालयका सचीव देवबहादुर बोगटीले १५ गते शपथ ग्रहणको कार्यक्रम रहे पनि समय निश्चित नभएको बताए। प्रदेश प्रमुखसँग छलफलमा रहेको उनले बताएका छन्। पुस ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराइने भनिएकोमा साइत नजुरेकाले १५ गते सारिएको प्रदेश सभा सचिवालयले बताएको छ।निर्वाचन आयोगले प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाएसँगै सुदूरपश्चिम प्रदेश सभा सचिवालयले शपथ ग्रहणको तयारी सुरु गरेको हो। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार सबैभन्दा ज्येष्ठ प्रदेश सभा सदस्य अछामका मानबहादुर रावल छन्। उनी अछाम निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित भएका हुन्। ६८ वर्षीय रावलले प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने जैशीले बताए। त्यसअघि, रावललाई प्रदेश प्रमुख जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *