दिपायल । सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्र बिन्दु बनाएर गत कार्तिक २२ गते राति २ बजेर १२ मिनेटमा भूकम्प गयो। ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पका कारण डोटीमा मात्र ६ जनाको मृत्यु भयो। जिल्लामा एक हजार चार सय १२ घरमा पूर्ण क्षति भयो।घरमा क्षति भएका परिवार अहिले त्रिपालमुनि छन्। विभिन्न संघ/संस्थाले दिएका त्रिपालमुनि भूकम्प पीडितहरुले रात विताउन बाध्य छन्। एक भूकम्प पीडितले भने, ‘पाल हालेको छ। पालमा बसेका छौ। घरमा भूकम्पले क्षति भयो। बाहिर बस भन्छन।”आँखा र खुट्टाको अपांग छु। अझै चिसो बढेको छैन। चिसोमा यो ठाउँमा हिउँ पर्छ, खप्तडमा सिमाना हो।’ भूकम्प पीडितहरु चिसो मौसम सुरु भएसँगै बिरामी पर्न थालेका छन्। बालबालीकाहरुमा निमोनिया लगाएतका रोग देखिएका हुन। वृद्ध–वृद्धा तथा दीर्घरोगीहरुमा पनि विभिन्न रोगको समस्या देखिन थालेको हो।
प्रतिक्रिया