
दिपायल । पूर्व मन्त्री प्रेमबहादुर आलेमगरकी आमाको निधन भएको छ। डोटीमा रहेकी आलेमगरकी आमालाई उच्च रक्त चापले सिकिस्त भएपछि उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि मंसिर ११ गते काठमाडौँ लगिएको थियो।उनकी ७९ वर्षीया आमा गंगादेवी आलेको उपचारको क्रममा निधन भएको हो। उनको आज ११ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने उनको परिवार स्रोतले बताएको छ। पूर्व मन्त्री आले नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधि सभा सदस्यमा विजयी नेता हुन्।
ताजा समाचार
-

घट्यो पेट्रोलको मूल्य, कति पुग्यो ?
-

डोटीमा आगलागी पीडितका लागि व्यवसायी एकजुट, रु १ लाख बढी सहयोग हस्तान्तरण
-

भिजिट भिसाको आवरणमा फैलँदो मानव तस्करी: ओमन ट्रान्जिट हुँदै खाडी र चीनसम्म संगठित सञ्जाल
-

आदर्श गाउँपालिकामा बैशाख १३ र केआईसिंहमा बैशाख १५ वाट पठनपाठन सुरू
-

कैलालीमा कुखुराको मासु खाँदा दुई बालकको मृत्यु






प्रतिक्रिया