साल्ट ट्रेडिङ धनगढी विरुद्ध अख्तियारमा मुद्दा

पाँजलो न्युज
४ पुष २०७९ ७:२७
साल्ट ट्रेडिङ धनगढी विरुद्ध अख्तियारमा मुद्दा

डोटी – साल्ट ट्रेडिङ कर्पोरेसन धनगढी कार्यालय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा उजुरी परेको छ। २०७७ असोजमा भारतबाट आयात गरेको ५० किलोको ३५ हजार ६ सय बोरा फ्री फ्लो नुन तथा १६ हजार ४० बोरा १ किलोमा प्याकेजिङ गरेर नुनको उपभोग्य मिति समाप्त भएको तर साल्ट ट्रेडिङले हाल आएर बिक्री गर्न खोजको भन्दै अख्तियारमा उजुरी परेको हो।

कैलाली भन्सार भएर भारतबाट नेपालमा भित्रिने नुनको नमुना परीक्षण भने धनगढीमा नगरिने तथ्य खुलेको छ। खाद्य पदार्थको आयात गर्दा भन्सार विन्दुबाट नमुना संकलनपछि प्रयोगशाला परीक्षण गरिनु पर्नेमा नुनको हकमा भने कैलाली भन्सारमा नमुना संकलन गरिँदैन।

नुनको लटअनुसार गुजरातबाट साल्ट ट्रेडिङले लिएको नमुनाको जाँच काठमाडौमा हुने गरेको छ। जबकि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय २०७५ मै धनगढीमा स्थापना गरिएको थियो।

तर सुदूरपश्चिमका लागि आयात हुने नुनको नमुना परीक्षणको रिपोर्ट भने काठमाडौंमा हुने गरेको छ। काठमाडौंबाट आउने मेल डाउनलोड गरेर भन्सार कार्यालयमा बुझाउने गरेको साल्ट ट्रेडिङ धनगढीका लेखा अधिकृत तेजबहादुर कुँवरले बताए।

‘नुनको नमुना परीक्षण काठमाडौंमा नै हुने गरेको छ। काठमाडौं केन्द्रीय कार्यालयले नुनको लटअनुसार नमुना परीक्षण गरेर रिपोर्ट हामीलाई मेलबाट पठाउँछ। त्यहीँ डाउनलोड गरेर हामी भन्सार कार्यालयमा पठाउँछौँ।’ खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय धनगढीमा खुलेको चार वर्ष भए पनि साल्ट ट्रेडिङले नुनको नमुना परीक्षण भने एक पटक पनि गराएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *