एसपीए कपल्लेकी पुरुष भलिबल शिल्ड आदर्शले जित्यो

एसपीए कपल्लेकी पुरुष भलिबल शिल्ड आदर्शले जित्यो

डोटी – जिल्लाकै ठुलो धनराशिको एसपीए कपल्लेकी पुरुष भलिबल शिल्डको उपाधी आदर्श गाउँपालिकाको टीमले चुमेको छ । शनिबार सम्पन्न फाइनल खेलमा दिपायल सिलगढी नगरपालिकालाई हराउदै आदर्शले उपाधी चुमेको हो । आयोजक एसपीए कपल्लेकी शिल्ड प्रतियोगीता आयोजना समितिले यो भलिबल प्रतियोगीता सातौं पटक आयोजना गरेको हो । उपाधी संगै आदर्शले नगद १ लाख २५ हजार र टफी हात पारेको छ । शिखर नगरपालिकासंगको सेमिफाइनलमा सुरुका २ खेलमा पछि परेको आदर्शले पछिल्ला ३ खेलमा आफ्नो ज्यादु प्रदर्शन गर्दै फाइनल प्रबेश गरेको थियो । फाइनल खेलमा भने दिपायल सिलगढी नगरपालिकालाई लगातार ३ सेट आफ्नो पक्षमा पारेर सहज जीत निकाल्न सफल भयो ।
उप बिजेता बनेको दिपायल सिलगढी नगरपालिकाले भने नगद ५१ हजार र ट्रफी पाएको थियो । तेस्रो स्थानका लागि शिखर नगरपालिका र बडीकेदार गाउँपालिका बिच भएको खेलमा शिखरले जितेको थियो । शिखर नगरपालिकाले २१ हजार नगद र ट्रफी जितेको थियो ।
प्रतियोगीतामा खेलका विभिन्न उत्कृष्ट खेलाडीहरुलाई समेत पुरुस्कार प्रदान गरिएको थियो ।
आयोजक समितिका संयोजक दीपक बहादुर खड्काले सो प्रतियोगीताको आठौं संस्करण प्रदेशस्तरीय आयोजना गरिने घोषणा गरेका छन् । जिल्लाकै ठुलो धनराशिको पुरुस्कारको भलिबल प्रतियोगीतालाई आउदो बर्ष प्रदेशकै ठुलो धनराशिको प्रतियोगीता बनाउने बोगटीको भनाइ छ । पुरस्कार बितरण समारोहका प्रमुख अतिथी शिखर नगरपालिका नगरप्रमुख दीर्घ बहादुर बलायरले खेलकुद क्षेत्रको बिकासका लागि एक वडा एक खेलमैदान निर्माणका लागि आफु तयार रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *