जाँदाजाँदै मुख्यमन्त्री भट्टका पाँच वर्षे कार्यकाल यसरी बिते
पाँजलो न्युज
२७ मंसिर २०७९ ७:३४
दिपायल । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले २०७४ फागुन ७ गते पद्भार ग्रहण गरे। उनको कार्यकाल सकिदैछ। सुदूरपश्चिम प्रदेश सभामा नयाँ सदस्यहरु निर्वाचित भएसँगै मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारको पाँच वर्षे कार्यकाल सकिदैछ। प्रदेश सरकारका मन्त्रीहरु फेरिएका भएपनि मुख्यमन्त्री भट्टले भने पुरा कार्यकाल बिताउन सफल देखिएका छन्। तर उनको पाँच वर्षे कार्यकाल भने सिक्दैमा बितेको कतिपयको टिप्पणी छ।निर्वतमान प्रदेश सभा सदस्य कृष्ण चौधरीले पहिलो प्रदेश सरकार भएकाले अलमल भएको बताए। उनले भने, ‘धेरै काम गर्न सकेनौ होला। तर प्रदेश सरकारको पाँच वर्षको कामबाट म सन्तुष्ट छु। पहिलो प्रदेश सरकार भएकाले पनि केही काम गर्न सकिएन होला। सिक्दैमा पाँच वर्ष बितेको छ।’
सुदूरपश्चिम प्रदेश सभाबाट ६० कानून, झण्डै चार सय किलोमिटर सडक कालोपत्र, तीन सय मिटर सडक कालोपत्रका लागि बहुवर्षीय ठेक्का सम्झौतालाई प्रदेश सरकारको मुख्य उपलब्धिको रुपमा हेरिएको छ।
प्रतिक्रिया