मलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने सहमति भएको छः खगराज भट्ट

पाँजलो न्युज
२० मंसिर २०७९ ७:०१
मलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने सहमति भएको छः खगराज भट्ट

डडेलधुराः नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले गठबन्धनमा आफूलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने समझदारी भएको बताएका छन्। डडेल्धुरा प्रदेश निर्वाचन क्षेत्र १ बाट निर्वाचित भट्टले सोमबार पत्रकार सम्मेलन गरेर गठबन्धनमा आफूलाई मुख्यमन्त्री बनाउने सहमति भएको बताएका हुन्।

‘गठबन्धनमा आबद्ध दलहरूबीच मलाई मुख्यमन्त्री बनाउने एक किसिमको समझदारी भएको हो,’ उनले भने, ‘त्यो लिखित त छैन। तर, शीर्ष नेताहरूले समझदारी कार्यान्वयन गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *