वडा अध्यक्षको हृदयघातका कारण निधन

पाँजलो न्युज
१४ मंसिर २०७९ १७:२७

डोटी । पुर्बीचौकी गाउँपालिका -६ का वडा अध्यक्ष पुष्पराज जोशीको हृदयघातक कारणका निधन भएको छ। बुधबार राति एक्कासि हृदयघातका कारण ६५ बर्षीय अध्यक्ष जोशीको निधन भएको हो।

जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहका अनुसार अध्यक्ष जोशीलाई अस्पताल पुगाउँदा सम्म मृत्यु भइसकेको जानकारी दिए । मृतक जोशीको हृदयघातका कारण मृत्यु भएको डाक्टर शाहले बताए ।

बुधबार मात्र गाउँपालिकाको बैठक सकेर आफ्नो घर जाने बेला वाटाेमा एक्कासि बेहोस भएर ढलेका अवस्था जोशीलाई भेटाएकाे वडा नम्बर -४ का वडा अध्यक्ष बल बहादुर खड्काले बताए ।

२०७९ साल बैशाख ३० को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचीत भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *