कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीद्वारा सरसफाइ सामाग्री हस्तान्त्रण

कृष्ण मलासी
१४ मंसिर २०७९ १५:३०
कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीद्वारा सरसफाइ  सामाग्री हस्तान्त्रण

डोटी । कैलाली बहुमुखी क्याम्पसमा तेस्रो बर्षमा अध्ययनरत बिधार्थीहरुले आमाको माया छात्रवासलाई सरसफाइ सामाग्री हस्तान्त्रण गरेका्र छन् । पचास जना विद्यार्थीहरु मिलेर आफ्नो खाजा खर्च कटौती गरि आमाको माया छात्रावास लाई उक्त सामाग्री हस्तान्तरण गरेको भावना ढुंगानाले बताइन। उनले सामाग्रीहरुसंगै खाजाका रुपमा चाउचाउ समेत उपलब्ध् गराएको बताइन् ।

धनगढी ५ तारानगर कैलाली स्थित जनजाति कल्याण आश्रम नेपालद्धारा सञ्चालित आमाको माया नामक छात्रवासलाई सकेजति विभिन्न सामाग्री प्रदान गर्न पाएकोमा विद्यार्थीहरु निकै खुशी भएका छन । उक्त छात्रवासमा अनाथ बालबालिका र घरबार बिहिन भएका विद्यार्थीहरु रहेको विद्यार्थी नवीन साहुले बताए । अनाथ बालबालिका लाई उक्त सामाग्री हस्तान्तरण गर्ने अवसर उपलब्ध गराएकोमा बिद्यार्थीले कृतज्ञता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *