सामुदायीक बिकास केन्द्र द्धारा भूकम्प प्रभाबितलाई सहयोग

गणेश मौनी
१० मंसिर २०७९ १५:३३
सामुदायीक बिकास केन्द्र द्धारा भूकम्प प्रभाबितलाई सहयोग

डोटी,सामुदायीक बिकास केन्द्र डोटीले पुर्विचौकी गाउँपालिकाका भूकम्प प्रभाबितहलाई अस्थायी आबास निमार्णको लागि शनिबार विभिन्न सामाग्रीहरु सहयोग गरेको छ ।
वल्डभिजन ईन्टरनेशनल नेपाल, सामुदायीक बिकास केन्द्र डोटीको साझेदारी तथा जिल्ला बिपद ब्यवस्थापन समिती डोटी र पुर्बिचौकी गाउँपालिकाको समन्वयमा भूकम्प प्रभाबित क्षेत्रमा गएर ३१ घर परिवारलाई विभिन्न सामाग्रि सहयोग गरेको पुर्बिचौकी गाउँपालिकाले जनाएको छ ।
भूकम्प प्रभाबितहरुलाई सामाग्रि हस्तान्तरण गर्दै पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले गाउँपालिका भरि सबै प्रभाबितहरुलाई राहात र अस्थायी टहरा निमार्णको लागि पहल गरिरहेको बताए । उनले भने पुर्विचौकी गाउँपालिका भरी हजारौ जना प्रभाबित छन् सयौ घर भत्केका छन, सबै भन्दा बढी क्षती गैरागाउँमा भएकोले बिस्तारै सबै कुराको ब्यवस्थापन गर्न पहल गरिरहेको बताए ।
आबास निमार्णको लागि पुःन निमार्ण प्राधिकरण, प्रदेश सरकार, संघिय सरकार, विभिन्न गैरसरकारी संघ संस्थाहरु संग पनि समन्वय र सहकार्य गरिरहेको बताए । अध्यक्ष उपाध्यायले सामुदायीक बिकास केन्द्र डोटीले गरेको सहयोगको प्रशंसा गर्दै विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।
भूकम्प प्रभाबित क्षेत्रका ३१ घरपरिवारलाई ईमेरजेन्सी कीड सेट (त्रिपाल, झुल, पलास्टीकको डोरी, कम्मल र पी फर्म) सहयोग गरेको सामुदायीक बिकास केन्द्र डोटीका अध्यक्ष हेम राज जोशीले बताए । उनले भने भूकम्पबाट जोखीममा रहेकाहरुलाई सहयोग गर्ने हाम्रो ध्यय हो सोही अनुरुप सहयोग गरेको बताए । आगामी दिनमा पनि आवश्यकता अनुसार सक्दो सहयोग गर्न सकिने भन्दै भोली पनि सोही क्षेत्रमा २० घर परिवारको लागि त्रिपाल सहयोग गर्ने समेत अध्यक्ष जोशीले बताए ।
पुर्बिचौकी गाउँपालिका ३ गैरागाउँ, सेरागाउँ, माझगाउँ, भाटीगाउँ र सिलागाउँका भूकम्प प्रभाबितहरुलाई सामुदायीक बिकास केन्द्र डोटीले गरेको सहयोग सामाग्री पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यय, वडा नम्बर ३ का वडा अध्यक्ष खडक बहादुर धामी र सामुदायीक बिकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशिले हस्तान्तरण गरेका थिए ।
luthren world relief कोसाझेदारी गाउँपालिका संगको समन्वयमा संस्थाले यो भन्दा पहीले पुर्बिचौकी गाउँपालिका वडा नम्बर ४ र ७ का २५ घरपरिवारलाई त्रिपाल सहयोग गर्नुका साथै आगामी दिनमा सायल गाउँपालिकाका भूकम्प प्रभाबितलाई आवश्यक सहयोग गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।
२०७९कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाआश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्बिचौ गाउँपालिका वडा नम्बर ३ मा दर्जनौ घर भत्किनुका साथै ६ जनाको ज्यान गएको थियो भने ७ जना घाईते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *