समानुपातिकतर्फ प्रतिनिधीसभामा कांग्रेस, प्रदेशमा एमालेको अग्रता

मोहन शाही
९ मंसिर २०७९ १२:२१

(डोटी)– डोटीमा प्रतिनिधी सभातर्फ समानुपातिक मत नेपाली कांग्रेसलाई बढी मत आएको छ । मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयका अनुसार प्रतिनिधी सभामा कांग्रेसले २२ हजार ५ सय १६ मत पाएको छ भने नेकपा एमालेले २२ हजार ४ सय ५६ मत पाएको छ । कांग्रेसले एमाले भन्दा ६० मत बढी प्राप्त गरेको छ । तेस्रो स्थानमा भने नेकपा माओवादी केन्द्र रहेको छ । केन्द्रले ६ हजार ९ सय २४, एकिकृत समाजबादीले २ हजार ३ सय ७३ र राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार २ सय ४८ मत प्राप्त गरेको छ ।
उता प्रदेश सभा तर्फ भने नेकपा एमालेको अग्रता छ । एक प्रतिनिधी सभा तथा २ प्रदेश सभा सदस्य सीट रहेको डोटीमा प्रदेश तर्फ कुल मत एमालेले २२ हजार ७ सय ५३ मत पाएको छ । जसमा एमालेले प्रदेश १ बाट १३ हजार ९५ र २ बाट ९ हजार ६ सय ५८ मत जोडेको छ ।
कांग्रेसले प्रदेश सभा १ मा १२ हजार ४६ तथा प्रदेश २ बाट ९ हजार ७ सय ९१ मत गरी कुल २१ हजार ८ सय ३७ मत पाएको छ । कांग्रेसले प्रदेश २ मा एमालेभन्दा बढी मत बटुलेपनि प्रदेश १ मा कम मत पाएको छ । माओवादीकेन्द्रले प्रदेश १ बाट एक हजार ९ सय ८० तथा प्रदेश २ बाट ४ हजार ३ सय १८ मत गरी कुल ६ हजार २ सय ९८ पाएको छ । एकिकृत समाजबादीले ३ हजार ८ सय ३३ मत मात्र ल्याएको छ जसमा प्रदेश १ बाट एक हजार ७ सय ४३ तथा प्रदेश सभा २ मा २ हजार ९० मत पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *