डोटीमा प्रेम आलेमगर बिजयी

पाँजलो न्युज
८ मंसिर २०७९ १:४१
डोटीमा प्रेम आलेमगर बिजयी

(डोटी) प्रतिनिधी सभाको निर्वाचनमा डोटीबाट लोकतान्त्रीक बाम गठबन्धनका तर्फबाट एकिकृत समाजबादीका उम्मेदवार प्रेमबहादुर आलेमगर बिजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी गौरी कुमारी ओलीलाई ४ हजार २ सय १ मतको फराकिलो अन्तरले जितेका हुन् । ६३ हजार ५ सय ५२ मत खसेको मध्य आलेले २७ हजार २ सय १० मत पाए भने नेकपा एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरेकी थिइन् ।
संसदभित्र आले तेस्रोपटक प्रबेश गर्दैछन् । उनले आफु बिकासका लागि जनताका साथमा रहने प्रतिबद्धता गरेका छन् ।
स्वतन्त्र उम्मेदवार नरेन्द्र बहादुर खड्काले ६ हजार ६ सय ८९ मत पाएका थिए भने राप्रपाका अंक बहादुर खड्काले ८ सय २ मत मात्र पाएका थिए । त्यस्तै राष्टिय स्वतन्त्र पार्टीका केशब बलायरले ७ सय ७४ र अर्का स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशीले एक सय चार मत मात्र प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *