डोटीबाट प्रेमबहादुर आले निर्वाचित

कृष्ण मलासी
८ मंसिर २०७९ ०:५९
डोटीबाट प्रेमबहादुर आले निर्वाचित

डोटी, डोटीमा प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य प्रेमबहादुर आले निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार गौरी कुमारी ओलीलाई ४ हजार २०६ मतान्तरले पछि पार्दै आले निर्वाचित भएका हुन् ।  मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार आलेले २७,२१० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गौरी कुमारी ओलीले २३,००४ मत प्राप्त गरेकी छन् ।                                                                     यस्तै क्रस खुकुरी चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार नरेन्द्र बहादुर खड्काले ६,६८९ मत, राप्रपाका अङ्क बहादुर खड्काले ८०२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र माछा चुनाव चिन्ह पाएका अर्का स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशीले १०४ मत प्राप्त गरेका छन् ।

कूल १ लाख २४ हजार ८७० मतदाता रहेको डोटीमा ६३ हजार ५५२ मत खसेको थियो । जसमध्ये ५८,५८३ मत सदर भएको छ भने ४,९६९ मत बदर भएको छ ।

पूर्व वन मन्त्रालय र पर्यटन मन्त्रालय सम्हालिसकेका आले यस भन्दा पहिले २०७४ सालमा पनि नेकपा एमालेबाट नेपाली काङ्ग्रेसका वीरबहादुर बलायरलाई पराजित गर्दै प्रतिनिधि सभामा विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *