आले मतान्तर बढाउदै

पाँजलो न्युज
६ मंसिर २०७९ ३:५२

डोटी /  डोटीमा लोकतान्त्रीक बाम गठबन्धनतर्फबाट एकिकृत समाजबादी प्रेम बहादुर आलेमगरले मतान्तर बढाउदै लगेका छन् । ७ हजार २ सय ४७ मत गणना हुँदा आलेमगरले ४ हजार ४९ मत पाएका छन् । उनका प्रतिस्कपर्धी नेकपा एमालेकी गौरी कुमारी ओलीले २ हजार ३ सय ९२ मत पाएकी छन् । यी दुईबीचको अन्तर एक हजार ७ सय ४ मतको अन्तर रहेको छ ।
पूर्वमन्त्री समेत रहेका आलेमगरको यो चौथोपटकको चुनावी प्रतिस्पर्धा हो । एक निर्वाचनमात्र हारेका आलेमगर तेस्रोपटक दाउ मार्ने तयारीमा छन् भने नेकपा एमालेकी गौरी कुमारी ओली ०७० सालमा समानुपातिकतर्फबाट सबिधान सभा सदस्यमा मनोनयन भएकी थिइन् ।
डोटीमा ६४ हजार ५८ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *