डोटीमा दुई वटा महिलामैत्री मतदान केन्द्र स्थापना 

गणेश मौनी
२९ कार्तिक २०७९ १५:४३
डोटीमा दुई वटा महिलामैत्री मतदान केन्द्र स्थापना 

डोटीमा दुई वटा महिलामैत्री मतदान केन्द्र स्थापना           डोटी,मंशिर ४ गते हुनगईरहेको प्रदेश सभा तथा प्रतिनिधी सभासदस्यको निर्बाचन २०७९का लागि डोटीमा दुई वटा महिलामैत्री मतदान केन्द्रको स्थापना गरिएको छ ।
१ सय ७७ वटा स्थायी र १ अस्थायी मतदान केन्द्र रहेको डोटीमा दुई वटा महिलामैत्री मतदान केन्द्र स्थापना गरिएको मुख्य निर्बाचन अधिकृत शिबलाल पाण्डेयले बताए । मुख्य निर्बाचन अधिकृत पाण्डेयका अनुसार महिला मतदान केन्द्र डोटी जिल्ला सदरमुकाम स्थित श्री पद्म पब्लिक मुक्तिनारायण मावि र डोटी बहुमुखि क्याम्पसमा रहेको बताए । महिलामैत्री मतदान केन्द्रमा मतदान अधिकृत देखि सबै कर्मचारी, सुरक्षाकर्मि समेत महिलाहरुनै खटाईएको समेत मुख्य निर्बाचन अधिकृत पाण्डेयले बताए । डोटी जिल्लामा नमुनाको रुपमा स्थापना गरेको महिला मैत्री मतदान केन्द्रमा मतदान अधिकृत क्रमम मनिशा गुरुङ र रमा कुवँरलाई खटाईएको समेत मुख्य निर्बाचन अधिकृत पाण्डेयले बताए ।
मंसिर ४ गते हुन गईरहेको निर्वाचनका लागि डोटी जिल्ला भरी १ हजार चार सय १४ जना कर्मचारी परिचालन गरिएका छन् । जसमा १ सय ७८ जना मतदान अधिकृत, १ सय ७८ जना सहायक मतदान अधिकृत रहेका छन भने अन्य शिक्षक सहित १ हजार ५ जना खटिएका छन् । ४÷४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत जगेडाको रुपमा राखिएको समेत मुख्य निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *