डोटी- भूकम्प पीडीतको राहतका लागि आइतबार जिल्ला बिपद ब्यवस्थापन समिति डोटीलाइ राहत सामाग्री बुझाइएको छ ।
कैलाली र डोटी उधोग बाणिज्य संघको संयुक्त सहकार्यमा गैर आवासिय नेपाली संघले राहात सामाग्री उपलब्ध गराएको हो । सो सामाग्री जिल्ला बिपद ब्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई हस्तान्तरण गरिएको महासचिव दिपक खड्काले बताए ।
३ लाख ५४ हजार रुपैया बराबरको खाद्यान्न हस्तान्तरण गरिएको छ । डोटीमा दुई हजार भन्दा बढी परिवार भूकम्पका कारण खुला आकाशमुनि बस्न बाध्य छन् । नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश समितिका महासचिव देव बोहराले प्रारम्भिक तथ्यांक अनुसार ६ सय ७१ घरमा पूणर् क्षती हुनुका साथै एक हजार ४ सय ५४ घरमा आंशिक क्षती पुगेको छ ।
बास्तविक पीडीतहरुको संख्या अझै बढ्न सक्ने भएकाले राहतका लागि खाद्यान्न, त्रिपाल, न्यानो लुगा तथा औषधीहरुको अभाव बढ्दै गएको महासचिव बोहराको भनाइ छ । उनले पीडीतहरुको राहतका लागि सहयोगी हात बढाउन सबैलाई अपिल गरेका छन् ।
उधोग बाणिज्य संघद्धारा राहत बितरण

प्रतिक्रिया