बैंकर्स क्लवद्वारा भुकम्प पिडितलाई सहयाेग

पाँजलो न्युज
२६ कार्तिक २०७९ १३:३०
बैंकर्स क्लवद्वारा भुकम्प पिडितलाई सहयाेग

डाेटी– बैंकर्स क्लब डाेटीले भुकम्प पिडित हरुलाई शनिवार राहत  सामग्री हस्तान्तरण गरेका छ ।
पुर्विचाैकि गाँऊपालिका काे  वडा नं ५ काँडामाण्डाैकाे उपरकाँडामा भुकम्पका कारण खुला आकाशमुनि बस्न बाध्य भएका परिवारलाई ३४ थान त्रिपाल र २ थान पी फर्म  हस्तान्तरण गरेकाे क्लवका अध्यक्ष तपराज भट्टले जानकारी दिए ।  घरहरु चर्किएर बस्न नसक्ने पीडितहरू खुल्ला आकाश मुनि कठ्याँग्रिने चिसाेमा रात विताउन बाध्य थिए । पुर्विचाैकि गाँऊपालिका अध्यक्ष राम प्रसाद उपाध्याय , नेपाल रेडक्रस साेसाईटीका सुदुर  पश्चिम प्रदेश महामन्त्री देव बहादुर बाेहरा र जिल्ला सभापति लक्षिराम कुवँर , ५ नं वडाका वडा अध्यक्ष खड्क साँउदकाे  रहाेवरमा क्लवले राहत सामाग्री हस्तान्तरण गरेकाे थियाे ।
जिल्ला भरिका विभिन्न बैँक तथा लघुवित्त सँस्थाका कर्मचारीहरुले आफुखुसि रकम सँकलन गरेर साे राहत स्वरुप सहयाेग गरेकाे हाे ।
उत्त राहत समाग्रि ले भुकम्प वाट प्रभावित भयका परिवारहरुलाई केही राहत भयकाे भन्दै गाउँ पालिका अध्यक्ष राम प्रसाद उपाध्यायले धन्यवाद व्यक्त गरेका थिए ।
साे गाँउमा करिव १७० घरहरुमा बस्न नमिल्ने गरि क्षति पुगेकाे गाउँपालिका अध्यक्ष उपाध्यायले बताए  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *