केआईसिंहमा पानीट्यांकर पल्टदा चालकको मृत्यू

दिपायल– शनिबार बिहान पानी ट्याङकर दुर्घटनामा परी चालकको मुत्यु भएको छ । डडेल्धुरा जिल्लाको आलिताल बस्ने ३८ बर्षिय दान बहादुर धामीको सो दुर्घटनामा परी मत्यू भएको हो ।

दिपायलबाट सडक मर्मतका लागी पानी लैजाने क्रममा केआईसिंह गाउँपालिका ४ काफलीमा बिहान सवा एघार बजे ना २ ख ६८२६ नम्बर को पानी ट्याकर पल्टेको थियो् ।
पानि ट्याङकर मुल सडक देखी ६० मिटर तल खसेको वायल प्रहरी चौकीका प्रहरी प्रमुख सहायक निरिक्षक चन्द्र« सिंह कार्कीले जानकारी दिए । चालक धामी ट्याङकरमुनि च्यापियर गम्भीर घाईते भएका थिए । घटनास्थल बाट उद्दार गरेर उपचारका लागी पठाउँदै गर्दा उनको निधन भएको प्रहरिी सहायक निरिक्षकले कार्की ले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *