त्रिपाल मुनि डोटीका भुकम्प पीडितहरु

कृष्ण मलासी
२५ कार्तिक २०७९ १३:५१
त्रिपाल मुनि डोटीका भुकम्प पीडितहरु

डोटी, कार्तिक २२ गते मङ्गलबार मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर ६ दशमलव ६ म्याग्नीच्यूडको भूकम्प गएको थियो। त्यसमा परी उक्त गाउँका ६ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका थिए। मृत्यु हुनेमा ५० बर्षिय प्रेम बोहरा ,१३ बर्षिया सीता बोहरा ,४० बर्षिया भगवती बोहरा ,८ बर्षिय हर्क बोहरा ,१४ बर्षिया धनसरि बोहरा र १४ बर्षिया तुल्छी बोहराको मृत्यु भएको छ।उक्त भूकम्पमा परी ७ जना घाइते भएका थिए घाइते मध्ये ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहराको अवस्था गम्भीर भएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी पठाइएकाे हो। धनगढीको सेती अस्पतालमा उपचार भैरहेको स्थानीयले बताए ।उक्त भूकम्पमा परी १० वटा घर पूर्णरूपमा ध्वस्त भएका छन् भने स्थानीयका अनुसार ४०/४५ वटा घर बस्नलायक नरहेको बताएका छन ।   घटनामा दर्जन बढी पशु चौपाया मर्नुकासाथै घरमा राखेको अन्न, नगद तथा भौतिक सम्पतिमा क्षति पुगेको छ । समस्यालाई मध्यनजर गर्दै उक्त गाउँमा २०/२२ वटा टेन्ट, खाद्य्यान्न,लुगाकपडा,बलाङ्केट, पि फम, साबुन, कोल्गेट ब्रस जस्ता राहत लगेर विभिन्न सरोकारवाला निकायहरु सो स्थानमा पुगिसकेका स्थानीयले बताए । तत्कालका लागि उद्धारको काम सकिएको छ। मानिस र चौपायाको उद्धार र दाहसंस्कारको काम सकिएको छ नेपाली सेनाको टोलीले पुरिएको अन्न, सम्पतिको खोजी गर्दै छन । उद्धारका लागि सबै निकायसँग सहकार्य भइरहेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *