निड्स नेपालको सामाजिक परिक्षण सम्पन्न

पाँजलो न्युज
२४ कार्तिक २०७९ १६:१७
निड्स नेपालको सामाजिक परिक्षण सम्पन्न

डोटी,राष्ट्रिय बातावरण तथा सम बिकास समाज (निड्स) नेपालको सुरक्षित आप्रवासनका लागि लक्षित बर्गको क्षमता बिकास परियोेजनाको सामाजिक परिक्षण कार्यक्रम बिहीबार डोटीमा सम्पन्न भएको छ ।
यडब्लुओ ईन्टरनेशनल र निड्स नेपाललको साझेदारीमा डोटी जिल्लाको आदर्श गाउँपालिकामा संचालित सुरक्षित आप्रवासनका लागि लक्षित बर्गको क्षमता बिकास परियोेजनाको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको परियोजना अनुगमन तथा मुल्यांकन अधिकृत दिर्खराज ओझाले बताए ।
संस्थाले आर्दश गाउँपालिकामा संचालन गरेका कामको बारेमा आम सेवाग्राही र सरोकारवाला निकाएहरुलाई जानकारी गराई आगामी दिनका कार्यक्रम थप प्रभावकारी बनाउने उद्देश्यले सामाजिक परिक्षण गरिएको निड्स नेपालका परियोजना प्रबन्धक प्रकाशचन्द मडैले बताए । उनले भने हामीले यस पालिकामा गरेका सम्पूर्ण कार्यक्रमहरु स्थानीय सरकारसंगको साझेदारीमा संचालन गरेका थियौ आगामी दिनमा पनि नियमीत समन्वय र सहकार्य रहने बताए । कार्यक्रममा संस्थाले एक बर्षको अबधीमा पालिकामा गरेका कार्यक्रमहरुको बारेमा जानकारी समेत गराएका थिए ।
पालिकामा काम गर्ने विभिन्न संघ संस्थाहरुले गर्दा पालिकाको बिकासमा सहयोग पुगेको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए । उनले भने पालिकाभित्र काम गर्ने विभिन्न संघ संस्थाहरुले परियोजनाको सामाजिक लेखा परिक्षण, सामाजिक परिक्षण गर्दा पारदर्शिता झल्कीनुका साथै कामको प्रभावकारीता समेत देखिन्छ । त्यसैले पालिकाभित्र काम गर्ने जुनसुकै संघ संस्थाहरुले लेखा परिक्षण, सार्बजनिक परिक्षण गर्न आवश्यक रहेको बताए । संघ संस्थालाई गाउँपालिकामा काम गर्न आवश्यक सहयोग गर्नेछ ।
पालिकाले पनि बार्षिक रुपमा शुशासनका लागि अबलम्बन गर्नुपर्ने सार्बजनिक सुनुवाइ, सामाजिक परिक्षण, सार्बजनिक लेखा परिक्षण जस्ता औजारहरुको अबलम्बन गर्ने समेत अध्यक्ष खड्काले बताए ।
निड्स नेपालले संचालन गरेका कार्यक्रमहरुको बारेमा सेवा ग्राहीलाई जानकारी गराउनका साथै सेवा प्रबाहलाई थप गुणस्तर बनाउन सामाजिक परिक्षण जस्ता कार्यक्रमले सहयोग पुग्ने गरेको आर्दश गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी रोकायाले बताईन् । उनले भनिन् पालिकाको विभिन्न वडाहरुमा संस्थाले गरेको कामहेर्दा प्रभावकारी देखिन्छ आगामी दिनमा पनि महिलाहरुको क्षमता अभिबृद्धी हुनुका साथै आर्य आर्जनमुलक कार्यक्रमलाई प्राथमीकता दिदाँ थप प्रभाबकारी हुने बताईन् ।
परियोजना अन्र्तगत निड्स नेपालले आदर्श गाउँपालिकामा प्रत्येक वडाहरुमा महिला आप्रबासी समुह गठन र परिचालन, सुरक्षित आप्रबासन सम्बन्धी जनचेतनामुलक कार्यक्रम, मानव बेचविखन रोकथामका लागि युवा अभियान, सरसफाई सम्वन्धित अभिमुखिकरण, लक्षित वर्गलाई सीपमुलक तथा व्यवसायिक तालिम, बाख्रापालनमा सहयोग लगाएका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

गाउँपालिकाको सभाहलमा संचालन भएको सामाजिक परिक्षण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरु, वडा सदस्यहरु, कर्मचारी, सेवा क्षेत्रका उपभोक्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार गणेश मौनीले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *