दिपायल– केआईसिंह गाँउपालिका वडा नंम्बर २ लेकगडामा भईरहेकाे छैटौं वडास्तरिय अध्यक्ष कप भलिबल प्रतियोगिता वडा नं. ७ ले हात पारेकाे छ । वडा न २ काे तिखात्तरलाई २४-१९, २५-२३, २५-१५ काे साेझाे सेटमा जीत हात पारेकाे हाे । वडास्तरीय प्रतियाेगितामा वडा नं. ७ ले लगातार ५ पटक कप जीत्दै आएकाे छ ।
केआईसिंह युवा संजालद्वारा आयाेजीत आईतबार सम्पन्न फाईनल खेल राेमाञ्चक भएकाे थियाे । बिजयी भएकाे टिमलाई नगद ५० हजार तथा ट्रफी र खेलाडीहरूलाई मेटल, प्रमाणपत्र केआईसिंह गापा अध्यक्ष लाेकेन्द्र बहादुर शाहीले प्रदान गरिएका थिए । दाेस्राे भएकाे वडा नं . २ काे टिमले नगद ३० हजार र ट्रफी पाएकाे थियाे ।
त्यस्तै तेस्राे स्थानमा भने वडा नं १ लाेलीकाे टिम आएकाे छ । लाेली टिमले नगद २० हजार प्राप्त गरेकाे छ । आयाेजककाे टिमलाई हराउदै लाेलीकाे टिम तेस्राे स्थानमा पुगेकाे थियाे ।
केआईसिंह युवा संजालले हरेक बर्ष गाउँपालिकाकाे आर्थिक सहयाेगमा बिबिध बिधाका वडा तथा पालिकास्तरिय प्रतियोगिता आयाेजना गर्दै आएकाे छ ।
खेलकुद प्रतियाेगिताकाे समापन कार्यक्रम केआईसिंह यूवा संजालका अध्यक्ष टेक बहादुर खड्काकाे सभापतित्वमा भएकाे थियाे भने कार्यक्रमका प्रमुख अतिथी गाउपाँलिकाका अध्यक्ष लाेकेन्द्र बहादुर शाही, बिशिष्ठ अतिथि उपाध्यक्ष मिना बिष्ट रहेका थिए । कार्यक्रमकाे संचालन भने केआईसिंह यूवा संजालका सचिव भरत बहादुर बमले गरेका थिए ।
लगातार पाँचौं पटक बिजयी
केआईसिंह अध्यक्ष कप वडा नं. ७ ले जित्याे

प्रतिक्रिया