स्वस्थ प्रतिस्पर्धामा आउन आलेको आग्रह

पाँजलो न्युज
१९ कार्तिक २०७९ १४:३४
स्वस्थ प्रतिस्पर्धामा आउन आलेको आग्रह

दिपायल- बामगठबन्धनका उम्मेदवार प्रेम बहादुर आलेमगरले नेकपा एमाले डोटीलाई झुटको खेती गरिरहेको आरोप लगाएका छन् । निर्वाचनलाई स्वभाविक प्रकृयाका रुपमा लिएर स्वस्थ प्रतिस्पर्धामा आउन समेत उनको आग्रह छ । पूर्वीचौकी गाउँपालिकाको गैरागाउँमा शनिबार आयोजीत चुनावी प्रचारप्रसार अभियान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
लोकतान्त्रीक बाम गठबन्धनका उम्मेदवार बिरुद्ध भ्रामक सन्देश जनतामाझ एमालेले लगिरहेको आरोप लगाउदै आलेले आपत्ति प्रकट गरेका थिए । `आले सुटकेस भरेर घरघरमा पैसा बाँडीरहेको छ, तपाईहरुले पाउनु भयो कि भएन ? प्रेम आले हाम्रो उम्मेदवार हो सुर्य चुनाव चिन्हमा भोट हाल्नुस भनेर गौरी ओलीलाई मत मागिरहेका छन्´,  आलेमगरले गठबन्धनका कार्यकर्ताहरुलाई सचेत पार्दै एमाले डोटीलाई आग्रह गरे ¾यस्ता अनावश्यक भ्रम एमालेबाट फैलाउने काम भइरहेको छ । झुठको खेती नगर्न म आग्रह गर्दछु ।´
उनले उम्मेदवारहरु बीच कुनै दुराग्रह नरहेको र राजनिती समाजसेवा भएको बताए  । `एमाले उम्मेदवार गौरी ओली मेरै बहिनी , राम ऐर असल मित्र भएकाले पनि स्वस्थ प्रतिस्पर्धा गरौं´, आलेले भने, `हाम्रा नेता कार्यकर्ताहरुलाई मतदाताहरुमाझ गएर गठबन्धनका पक्षमा मत माग्न अनुरोध गर्दछु ।´

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *