डोटीमा तिहार लक्षित विशेष एकीकृत सुरक्षा योजना लागु

गणेश मौनी
६ कार्तिक २०७९ १४:०९
डोटीमा तिहार लक्षित विशेष एकीकृत सुरक्षा योजना लागु

डोटी,जिल्ला सुरक्षा समिति डोटीले तिहार र छठ पर्वलाई मध्ययनजर गर्दै विशेष सुरक्षा योजना लागु गरी सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ ।
तिहार र छठ पर्वको समयमा जुवा–तास, जाड–रक्सी लगायत पटाका विस्पोटक पदार्थहरू अवैध रूपमा जिल्लामा भित्र्याउन तथा प्रयोगमा रोक लगाउने उद्देश्यका साथ सुरक्षा व्यवस्था कडा पार्न लागिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् । उनले भनीन् ‘विशेष सुरक्षा योजना अन्तर्गत सुरक्षा गस्तीलाइ बढाउदै सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्ने, सम्भावित घटनास्थलहरूको अध्ययन गर्नुका साथै चाडबाडको समयमा सुरक्षा चुनौती बढी हुने भएकोले गैह्र कानुनी गतिविधि हुन नदिन सुरक्षा निगरानी बढाउने बताईन् ।
जिल्ला प्रशासन कार्यालय डोटीले आईतबार सुचना जारी गर्दै भुईचम्पा, पटाका जस्ता बिस्पोट पर्दाथ ओसार पसार, बिक्रि बितरण नर्गन, जुवातास खेल्ने खेलाउने कार्य नगर्न, मादक पदार्थ सेवन गरि होहल्ला र झैझगडा नर्गन हुनका साथै तिहारको समयमा देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम राति ८ बजे सम्म मात्र खेल्न पाउने जानकारी गराएको छ । प्रशाासनले जारी गरेको सुचना बिवरीत कसैले गरेको अवस्थामा कानुन बमोजिम कारबाही गरिने समेत जानकारी गराएको छ ।
आयात र प्रयोगमा निगरानी
जिल्ला प्रहरी कार्यालय डोटीले नेपालीहरूको दोस्रो ठुलो चाड तिहार र छटको समयमा बाहिरी जिल्लाबाट प्रज्वनलशील पदार्थ पटाकाहरू भित्रिन सक्ने भन्दै चेकजाँचमा कडा निगरानी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक एवं सुचना अधिकारी भोला भट्टले जानकारी दिए ।
उनले भने, चाड वाडको समयमा जुवा तास, गाडीहरुमा ओभरलोड, चोरी लुटपाटका घटनाहरु नहुन भन्नाको लागि सुरक्षा ब्यवस्था कडा गरीएको बताए । सादाँ पोषाकमा गस्ती परिचालन, आवश्यकता अनुसार ससस्त्र प्रहरी परिचालन, मोबायल, पेट्रोल गस्ति रहेने समेत बताए । तिहारका बेला हुन सक्ने घटनालाई मध्यनजर राख्दै जिल्लाका विभिन्न स्थानमा चेकजाँचमा कडाइ गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारिएको बताए ।
तिहारको समयमा बाहिरी जिल्लाबाट पटाका जस्ता प्रज्वलनशील पदार्थ ल्याउने र प्रयोग गर्ने कुरा पूर्ण रूपमा रोक लगाएकाले पटाका ल्याउने प्रयास नगर्न सबैमा आग्रह गरेको सुचना अधिकारी भट्टले बताए ।यदी कसैले यस्ता काम गरेको अवस्थामा कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *