
- सरिता कठायत डोटी / अविरल वर्षाले अवरुद्ध रहेको भीमदत्त राजमार्गको बाटो सुचारु भएको छ । ४ दिन देखि लगातार परेको वर्षाले डोटी लगायत सुदूरपश्चिमका सबै ठाउँका सडक बाटोहरू अवरुद्ध, रहेका छन् । किसानले बालिनाली भित्र्याउने समयमा ४ दिनदेखि लगातार पानी परेकाले ठुलो समस्या भोग्नुपरेको छ । डोटी,साफे र बाजुरा जोडिएको भिमदत्त राजमार्ग दिपायल सिलगढी नगरपालिका ७ उडितोलामा पहिरोले ३/४ घण्टा नै अवरुद्ध रहेको थियोे । दिपायल सिलगढी नगरपालिका र भैरव प्रसाद गण सिलगढीको पहलमा सो बाटो सुचारु गर्न सफल भएको भैरव प्रसाद गण सिलगढीका गणपति जनमत कार्कीले बताएका छन् । बिहान देखि सो सडक पुर्ण रूपमा सुचारू भैसकेको कार्कीले बताए ।
प्रतिक्रिया