
डोटी, दिपायल सिलगढि नगरपालिकाले बर्षा का कारण समस्यामा परेका नगरवासीलाई सम्पर्क गर्न अनुरोध गर्दै । कहि कतै जे जस्तो पनि धन जन को क्षति हुन सक्छ सबै नगर बासी,जिल्ला बासी दाजुभाई दिदिबहिनिहरुलाई सचेत भै बस्न र आ-आफ्नो वरपर के-कस्तो-कति क्षति भयो वा हुदैछ सो को बारे जानकारी गराई एक अर्काको दुखमा साथ दिन हुन अनुरोध गरेको छ। नगरपालिकाका मेयर बाजि सि.खड्का (बिजय) ले आफू लगायत उपमेयर र दि.सि.न.पा को राहत शाखाको नम्बर सामाजिक सञ्जालमा सार्वजिक गर्दै समस्या परे शिधा सम्पर्क गर्न अनुरोध गरेका छ्न।
बिहिबार बिहानदेखि डोटी लगायत देशैभर निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण हुन सक्ने सम्भावित क्षतिबाट सचेत र सुरक्षित रहन आग्रह गर्दै मेयर खड्काले अफ्ठेरो परेको अवस्थामा सम्पर्क गर्न अनुरोध गरेका हुन्।
वर्षाका कारण बाढी पहिरो आउन सक्ने र नगरवासीको जनधनको क्षति हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै समस्यामा परेका नगरवासीलाई सम्पर्क गर्न अनुरोध गरेको मेयर खड्काले बताए । समस्यामा परेका नागरिकको उद्दार, राहत र व्यवस्थानका लागि नगर सरकार तयार रहेको र सबै वडा अध्यक्षहरु लाई चनाखो भइ बस्न उनले आग्रह समेत गरेका छ्न ।
प्रतिक्रिया