प्रहरीलाई हातहतियार बुझाउन डोटी प्रशासन द्धारा जानकारी

पाँजलो न्युज
१४ असोज २०७९ १३:४७
प्रहरीलाई हातहतियार बुझाउन डोटी प्रशासन द्धारा जानकारी

गणेश मौनी
असोज १४ डोटी
जिल्ला प्रशासन कार्यालय डोटीले इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला बासीलाई जानकारी गराएको छ ।
शुक्रवार प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले एक सूचना जारी गर्दै यही कार्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाई मा इजाजत प्राप्त हातहतियार बुझाउन जानकारी गराएकी हुन् ।
२०७९ साल मंशिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरू लाई केही समयको लागि नजिकको प्रहरी युनिटमा बुझाउन जानकारी गराएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताईन् ।
निर्वाचन सम्पन्न भएको एक हप्ता पछि हातहतियार धनीलाई नै फिर्ता गरिने सुचनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *