बडा दसैंको उपलक्ष्यमा सेनाले हाले सिलगढीमा सबैका लागि पिङ

कृष्ण मलासी
१२ असोज २०७९ १५:४६
बडा दसैंको उपलक्ष्यमा सेनाले हाले सिलगढीमा सबैका लागि पिङ

दिपायल,नेपाली सेना श्री भैरव प्रसाद गणका गणपति श्री जन्मत बहादुर कार्की द्वारा बडा दशैको उपलक्ष्यमा सिलगढी को टुडिखेल मैदानमा बुधबार पिङ हालिएको हो। यस अघि पनि दसैं तिहारको अबसर पारेर विभिन्न खेलहरु खेल्दै र खेलाउदै आइरहेको भैरव प्रसाद गणले आज मनोरञ्जन का लागि यो पिङ हालिएको बताए ।उक्त पिङ बुधबारदेखि दसैं को अन्तिम दिन सम्म रहने गणपति श्री जन्मत बहादुर कार्कीले बताएका छ्न। सबै नागरिक हरुलाई बडा दशैको उपलक्ष्यमा मनोरञ्जन प्रदान गर्न र पुरानो परम्परा कायम राख्न यो पिङ हालिएको भैरव प्रसाद गण का खेलकुद तथा सांस्कृतिक विभागका संयोजक प्रिन्स नेपालीले बताए ।      बिगत केही समय देखि नेपाली सेना श्री भैरव प्रसाद गणले डोटी लाई खेलकुद क्षेत्र देखि कला संस्कृती जगेर्ना गर्ने सम्म निकै भुमिका खेलिरहेको देखिन्छ । केहि दिन अगाडि भएका खेलहरु मा सहभागी भएका खेलाडीहरुको समेत ब्यबस्थापन भैरब प्रशाद गणले गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *