डोटीमा विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदै, घरघरमा दीपावली मनाउन आग्रह

पाँजलो न्युज
३ असोज २०७९ १४:१५

दिपायल- डोटीमा विविध कार्यक्रम गरी आठौँ संविधान दिवस मनाइँदै छ । सरकारले देशैभर चार दिनसम्म दिवस मनाउन आग्रह गरेसँगै डोटीमा पनि १ गतेबाट दिवस मनाउन सुरु गरिएको हो ।

नेपालको संविधान–२०७२ जारी भएको ८ वर्ष लागेको अवसरमा जिल्लामा विविध कार्यक्रम गर्ने तय गरिएको छ । जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहको संयोजकत्वमा संविधान दिवस जिल्ला समारोह समिति गठन गरिएको छ ।

१ गतेबाट सुरु गरिएको दिवस ४ गते सम्म सञ्चालन गरिने छ । १ गते जिल्ला स्थित सरकारी कार्यालयहरुको सरसफाई गरिनुका साथै सर्वसाधारणलाई घरआगन सरसफाइ गर्न आग्रह गरिएको थियो ।

आइतबार दिवसकै अवसरमा जिल्लाको मुख्य व्यापारिक केन्द्रको सरसफाई गरिनु साथै डेंगु नियन्त्रण अभियान सञ्चालन गरिएको थियो । पछिल्लो जिल्लामा डेंगु संक्रमण बढ्दै गएकोले डेंगु नियन्त्रणका लागि सरसफाई गर्न र पानी जम्न नदिन आ–आफ्नो ठाउँमा अभियान थाल्न अपिल गरिएको छ । आइतबार नै जिल्ला स्थित सबै कार्यालयहरुमा संविधान दिवसको शुभकामना सहितको व्यानर राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *