अछाम र कैलालीमा पहिरो तथा डुबान पिडितको नेपाली सेनाद्धारा उद्दार

कृष्ण मलासी
२ असोज २०७९ १५:२४
अछाम र कैलालीमा पहिरो तथा डुबान पिडितको नेपाली सेनाद्धारा उद्दार

 

डोटी : अछाममा अविरल वर्षाका कारण पहिरोले घर भत्किएर पुरिएका २२ जना सबैको शव निकालिएको छ। आइतबार बिहान तुर्माखाँदका १३ वर्षीय सुन्दर शाहीको शव भेटिएसँगै एकै रातमा पहिरोका कारण २२ जनाको मृत्यु भएको पुष्टि भएको छ। अछाम मा पहिरो तथा ढुवान पिडितको नेपाली सेनाद्धारा उद्दार गरेको छ ।अछाम जिल्ला ढकारी गा।पा। वडा नं। ६ खिमाने निवासी हर्क बहादुर बुढाको घर माथिबाट पहिरो गई घर बगाउदा घरमा रहेका ४ जना वेपत्ता रहेकोमा वर्ष २ को नविन बुढाको घटना स्थमै मृत्यु भएको । ३ जना गम्भिर घाईतेहरुको उद्धारको लागी श्री नं। ५ बाहिनी अड्डाको पहलमा नेपाली सेनाको ल्ब्(ण्टज्ञ नं। को हेलिकप्टरबाट गम्भिर घाईते वर्ष ६२ को हर्क बुढा, वर्ष २१ की चन्द्रादेवी बुढा र वर्ष १२ को धर्म बुढाको मिति २०७९र०६र०१ गते ढकारी गा।पा वडा नं। ६ मा रहेको अष्टशिद्ध मा।वि। मा ल्याण्ड भई सुर्खेत तर्फ लगिएको वताएको छ । अछाम जिल्ला तुर्माखाद गा।पा। वडा नं। ५, नाडा काँडाचौर मा मिति २०७९र०६र०१ गते राती पहिरो गई नेत्र बहादुर शाही र रोहित बहादुर शाहीको घर पुरिदा ९ जना वेपत्ता भएको । उक्त घटनाको खवर पाउना साथ श्री नं। ५ बाहिनी अड्डा अन्तर्गत श्री भवानीबक्स गणबाट सेनानी कृष्णदेव कुँवरको कमाण्डमाको टोली नेपाली सेनाको ल्ब्(ण्टज्ञ नम्बरको हेलिकप्टर मार्फत घटना स्थल तर्फ पुगी ४ वटा पुरिएको शव निकालेको ।साथै, ऐ। मितिमा अछाम जिल्ला कमलबजार न।पा। वडा नं। ६ ठाँटीकाँट निवासी ईन्द्र कामीको घर पहिरोले बगाउदा घरमा रहेका १४ जना मध्ये ७ जना घाईते र ७ जना वेपत्ता भएको । बेपत्ता भएका ७ जनाको उद्धारको लागी श्री नं। ५ बाहिनी अड्डा अन्तर्गत उक्त गणबाट सह(सेनानी अनिल कुमार बस्नेतको कमाण्डमा खट्टिएको टोलीले ७ जनाको शव पुरिएको स्थानबाट बाहिर निकालेको श्री नं। ५ बाहिनी अड्डा राजपुरले जानकारि दिएको छ । अछाम, जिल्ला कमलबजार न।पा। वडा नं। २ ढुङ्गाला निवासी खिउरे दमाईको मिति २०७९र०६र०१ गते घर माथिबाट पहिरो गई घर पुरिनुको साथै उक्त घरमा बस्ने ६ जना वेपत्ता भएको खवर पाउना साथ श्री नं। ५ बाहिनी अड्डा अन्तर्गत श्री भवानीबक्स गणबाट खट्टिएको टोलीले स्थानीय व्यक्ति र नेपाल प्रहरीको सहयोगमा पुरिएको शवहरु बाहिर निकालेको हो । वर्ष ६५ की खाण्टी दमाईको जिवितै उद्धार गरिएको र वर्ष २६ को गम्भिर दमाई, वर्ष २३ की भाना दमाई, वर्ष ६ की डिग्रा दमाई, वर्ष ३ की कलु दमाई र वर्ष ४ की कल्पना दमाईको घटना स्थलमै मृत्यु भएको थियो । यसै विच मिति ३१ गतेदेखि परेको अविरल वर्षाको कारण कैलाली जिल्ला टिकापुर नं।पा। वडा नं। ८ बनगाउँ र जानकी गा।पा। वडा नं।५ र ७ डुबानमा परेकोले सो ढुवान क्षेत्रमा उद्धार कार्यको लागि श्री सुदुरपश्चिम पृतना तालिम शिक्षालय गोरुङगेबाट नेपाली सेनाको टोलीले १०० घरधुरीमा रहेको प्रभावित व्यक्तिहरुलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । यस्तै ३१ गतेदेखि परिरहेको अविरल वर्षाको कारण कैलाली जिल्ला, गौरीगंगा न।पा।वडा नं।८ र जोशीपुर गा।पा।वडा नं।१ र ३ मा डुबान परेको थियो । बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यको लागि श्री कालीरक्षा गण ९ई० बाट खट्टिएको टोलीले गौरीगंगा न।पा।वडा नं।८ लिक्मा नदीमा आएको बाढीको कारण डुवानमा फसेका वर्ष ४५ को धनरुप सलामी मगर र वर्ष ५६ को गौरीदेवी सलामी मगरलाई मिति २०७९।०६।०१ गते बोटको माध्ययमद्धारा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । साथै कान्द्रा नदीमा आएको बाढीको कारण डुवान जोशीपुर गा।पा।वडा नं।१ र ३ का बंजरिया, भित्रैया, फाडिया, लक्कड, मनिकापुर र रामनगर ईलाकामा समेत उद्धार कार्यमा समेत खट्टिई गाउँपालिकाको आपतकालिन राहत सामाग्रीहरु मिनिरल वाटर, चाउचाउ, चिउरा, विष्कुट, भुजिया लगाएतका खाद्यान्नहरु बोटको प्रयोग गरी ढुवानी तथा वितरण कार्यमा स्थानिय सरोकारवालाहरुलाई समेत आवश्यक सहयोग गरेको छन् । यसै गरि अविरल वर्षाको कारण कैलारी गा।पा। वडा नं। ४, ७ र ८ तथा भजनी न।पा। वडा नं। ७ र ९ का बाढी प्रभावित क्षेत्रहरुमा बसोबास गर्दै आएका १५२० घरधुरी तथा २०१ जना बाढी प्रभावित व्यक्तीहरुलाई श्री नं। ५ बाहिनी अड्डा अन्तर्गत श्री देवीदल गण तेघरी र श्री नं।७ युद्ध कवच गुल्मबाट खट्टिएको टोलीले बाढी प्रभावित क्षेत्रमा रहेका स्थानियहरुलाई सुरक्षित स्थानमा सकुसल उद्धार गरिएको न ५ बाहिनी अड्डा ले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *