शिखर नगर पालिका डोटी द्वारा आँखा शिबिर सञ्चालन

कृष्ण मलासी
१ असोज २०७९ १४:३६
शिखर नगर पालिका डोटी द्वारा आँखा शिबिर सञ्चालन

असोज १ ,डोटी । डोटीको शिखर नगर पालिका डोटी द्वारा विभिन्न वडाहरुमा आँखा शिबिर सञ्चालन गरिएको छ। शनिबार वडा न: ९ को  सिताराम माध्यमिक बिधालयमा आँखा शिबिर सञ्चालन गरिएको थियो। वडा न :७ र ९ का बृद्ध बृद्धा, बालबालिका, विधार्थी लगायत विभिन्न आखामा समस्या भएका ब्यक्तिहरुको  चेकजाँच गरि चश्मा र औषधी निशुल्क वितरण गरिएको नगरउपप्रमुख सुनिता रावल जोराले बताइन् । भाैगाेलिक विकटता,गरिबी,बेरोजगारी र आर्थिक अवस्था कमजाेर भयका कारण धनगढीको गेटा आँखा अस्पताल जान समस्या भएकाले नगरपालिकामै शिवीर संचालन गरिएको उप प्रमुखले बताइन् । कुनैपनि जनता उपचार नपायर आँखाकाे ज्याेति गुमाउनु नपराेस भन्दै जनताकाे स्वास्थ्य स्वस्थ राख्न मा विशेष जाेड दिने रावलले बताईन ।

वडा न ७ र ९ गरि जम्मा पाँच सय विधार्थी र दुई सय दस जना वृदाआमाबुबा लगायत स्थानीय बासिले सेवा निशुल्क लिएको शिखर नगर पालिका का आँखा अस्पताल प्रमुख नवीन न्यौपानेले बताए । जम्मा सात सय दश जनाको आखाको चेकजाँच गर्दा २० जना ब्यक्ति मोति बिन्दुको अप्रेसनका लागि छनोट भएको र १७ जना बिद्यार्थिहरु लाई निशुल्क चस्मा बितरण गरिएकोछ। यसैगरी वडा न: ४ मा यही असोज ३ गते वडा नं ३,४,५,६ का बिरामीहरुका लागि शिबिर संचालन हुने बताइएको छ । । दशै लगतै नगर स्तरमा शल्यक्रिया सहितको आँखा शिबिर संचालन गरिने उप प्रमुख रावलले बताइन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *