भिरबाट लडेर डोटीकी एक वृद्धा गम्भीर घाइते

पाँजलो न्युज
२९ भदौ २०७९ ६:२९

सिलगढी : भिरबाट लडेर एक जना वृद्धा गम्भीर घाइते भएकी छिन् । शिखर नगरपालिका वडा नम्बर ३ देकुरालीकी ६० वर्षीया पवि सार्की सोमबार साँझ ४ बजेर तिर लडेर घाइते भएकी हुन् ।

कालागाडबाट घर जाने क्रममा उनी लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी राज जोशीले बताए । प्रहरी निरीक्षक जोशीका अनुसार घाइते वृद्धाको टाउको र घाँटीमा चोट लागेको छ ।

भिरबाट लडेर करिब २ सय मिटर तल खसी गम्भीर घाइते भएकी उनलाई उपचारका लागि राजपुरमा रहेको सुजङ्ग अस्पतालमा ल्याइएको र थप उपचारका लागि त्यहाँबाट डडेलधुरा अस्पताल रिफर गरिएको छ । अहिले उनको उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *