
भदाैं ९ गते , दिपायल । सिलगढीमा सम्पन्न उपमेयर कप महिला भलिबल प्रतियोगितामा आयाेजक दिपायल सिलगढी नगरपालिका बिजयी भएकाे छ । शसस्त्र प्रहरी ३६ नं गणकाे टाेलीलाई हराउदै नगरपालिका बिजयी भएकाे हाे । कडा प्रतिस्पर्धाका बिच भएकाे खेलमा नगरपालिकाले २ र सशस्त्रले २ सेट जितेर बराबरी भएपछि अन्तिम पाँचाै सेटमा १५- ७ अंक ल्याउदै नगरपालिका बिजयी भएकाे हाे । नगरपालिकाले सशस्त्र संग २५-१९ , २३-२५ , २६-२४ , १५- २५, १५-७ अंक ल्याएकाे थियाे । बिजयी भएकाे नगरपालिकाकाे टाेलीले नगद १५ हजार , ट्रफि र प्रमाणपत्र प्राप्त गरेकाे छ भने उप बिजेता बनेकाे सशस्त्र प्रहरीकाे टाेलीले नगद १० हजार, प्रमाणपत्र र सिल्ड हात पारेकाे छ । भलिबल प्रतियाेगितामा ८ टिमले सहभागिता जनाएका थिए । तिजकाे अवसर पारेर दिपायल सिलगढी नगरपालिका, भैरब प्रसाद गण र त्रिवेणी एफएमकाे संयुक्त आयाेजनामा विभिन्न ४ बिधामा खेलकुद प्रतियाेगिता आयाेजना गरिएकाे छ । बुधबार महिला कबड्डी प्रतियोगिता आयाेजना गरिएकाे थियाे । जसमा दिपायल सिलगढी नगरपालिका प्रथम र केआईसिंह गाउँपालिका दाेस्राे भएकाे थियाे । भलिबल खेल सम्पन्न भएपछि फुटबल र देउडा प्रतियाेगिता आयाेजना गरिने भैरब प्रसाद गणका गणपति जनमत कार्कीले जानकारी दिएका छन् । साे संगै २ हजार महिलालाई शुक्रबार सिलगढीमा र शनिवार दिपायलमा दर खुवाउने समेत याेजना रहेकाे आयाेजकले जानकारी दिएका छन् ।
प्रतिक्रिया