भदौ ९ काठमाडौ । आगामी निर्वाचनमा सिट बाँडफाँट गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँट गर्न बनेको कार्यदलका सदस्यहरूसहितको बैठकमा सामान्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको नेताहरूले बताएका छन् ।
बिहीबारै दिउँसो साढे तीन बजे पुनः कार्यदलको अर्को बैठक बस्ने गरी बैठक सकिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार दिउँसो बस्ने बैठकमा भने कार्यदलका नेताहरूले सिट संख्यासहित प्रस्तुत हुने समझदारी छ ।
‘बिहानको बैठकमा सैद्धान्तिक विषयहरूमा मात्रै छलफल भयो । दिउँसो फेरि अर्को बैठक बस्छ,’ ती नेताले भने, ‘सो बैठकमा सिट सख्यांको दाबीसहित प्रस्तुत हुने भन्ने छ ।’ गठबन्धनको बैठकमा नागरिकता विधेयक, शान्ति प्रक्रियालगायत विषयमा समेत छलफल भएको छ ।
दलहरूबीच पटक-पटक छलफल भए पनि सिट बाँडफाँटको विषयमा भने दलहरूबीच अहिलेसम्म समझदारी बन्न सकेको छैन ।
प्रतिक्रिया