कैलालीबाट हतकडीसहित भागेकी महिला भारतमा पक्राउ

१५ वैशाख २०८२ ५:२२

धनगढी- कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ। मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिवार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीया मिना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि गरे। उनका अनुसार दमाईलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको […]