दसैं को मुखैमा गरियो पिपल्ला बजार अनुगमन

कृष्ण मलासी
११ असोज २०७९ ८:२१
दसैं को मुखैमा गरियो पिपल्ला बजार अनुगमन

दिपायल,डोटीको मुख्य बजार पिपल्ला मा मंगलबार अनुगमन गरिएको हो। दिपायल सिलगढी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष अशोक कुमार सोप र वडा कार्यालयको टिम,जिल्ला प्रशासन कार्यालय,ईलाका प्रहरी कार्यालय र दिपायल सिलगढी नगरपालिका का नगर प्रहरी को साझेदारी मा बजार अनुगमन गरिएको हो। संघसंस्था, उधोग,पसल ब्यबसाय तथा अन्य ब्यापारीहररूले ब्यबसायिक कर तिरेका वा नतिरेका वडा कार्यालयमा दर्ता भएका वा नभएका ब्यबसायिकहरूलाई करको दायरामा ल्याउन पिपल्ला बजारमा अनुगमन गरिएको अध्यक्ष अशोक कुमार सोपले बताए।      साथै चाडपर्वको बेला बजारमा कालोबजारी हुने सम्भावनालाई मध्यनजर गर्दै एकाधिकार र मूल्य वृद्धिलाई नियन्त्रण गर्न बजार अनुगमन थालिएको नगर प्रहरी वीर बहादुर खड्काले बताए । बजार सरसफाई तथा ब्यापारीहररूको गुनासो,सुझाव,सल्लाहको पिरमर्का केकस्तो छ र स्थानीय सरकारले के गर्दिए हुन्थ्यो भन्ने बिषय लाई पनि लियर अनुगमन गरिएको हो।साथै दशै तिहारको बिचमा कालोबजारी म्याद सकिएको खाद्यपदार्थ बिक्री नगर्न निर्देशन पनि दिएको नगर प्रहरी मोहन मलासिले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *