वडा नं. ६ मा ज्येष्ठ नागरिकलाइ कम्मल बितरण

इन्द्र शाही
५ माघ २०७९ १३:४०
वडा नं. ६ मा ज्येष्ठ नागरिकलाइ कम्मल बितरण

सिलगढी ।  दिपायल सिलगढी नगरपालिका वडा न ६ ले जेष्ठ नागरिकलाइ सम्मान तथा कम्बल वितरण गरेको छ । बिहीबार वडाभित्रका ५४ जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको वडाध्यक्ष नरेश मलासीले जानकारी दिए । वडाकोे स्वीकृत बजेट अनुसार ६८ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई कम्मल वितरण गरिएको थियो । वडाध्यक्ष मलासीले जेष्ठ नागरिक र महिलाको स्वास्थ परिक्षण गर्ने योजना समेत रहेको जानकारी दिए ।
कम्मल वितरण कायक्रममा नगर प्रमुख बाजी सिं खड्काले पछिल्लो समय समाज खण्डित भइरहेको प्रति चित्त दुखाउदै ज्येष्ठ नागरिक र बेसहारालाई सम्मान गर्नुपर्ने बताए । उनले समाज अथवा परिवार भित्र सद्भावना जाग्न आवश्यक रहेकोमा जोड दिए । असहाय अशक्तलाई सहयोग गरेको भन्दै ७० वर्षिया धुर्व देवी भट्टले खुसी व्यक्त गर्दै नगरलाई धन्यवाद ज्ञापन गरिन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *