शि.न.पा ले दियो बिपन्न अपाङ्गता भएका बालबालिका लाई शैक्षिक सामाग्री

कृष्ण मलासी
२९ पुष २०७९ १५:१८
शि.न.पा ले दियो बिपन्न अपाङ्गता भएका बालबालिका लाई शैक्षिक सामाग्री

डोटी, डोटीको शिखर नगर पालिकाले शुक्रबार बिपन्न,अपाङ्गता भएका बालबालिका लाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ। महिला तथा बालबालिका शाखा शिखर नगर पालिकाले आयोजना गरेको कार्यक्रममा वडा न:- ७ देखि वडा न:- ११ सम्मका प्रतेक बिद्यालय बाट एक-एक जना अपाङ्ग अथवा न्यून बर्गका (बेसाहारा) विद्यार्थी लाई छनोट गरि जम्मा ३० जना विद्यार्थी लाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको महिला तथा बालबालिका शाखा प्रमुख सुमित्रा गुरुङले बताइन। कक्षा एक देखि कक्षा पाँच सम्मका अपाङ्ग,बेसाहारा,अभिभावक बिहिन भएका बालबालिका लाई उनीहरुको मनोबल बढाउन र हौसला प्रदान गर्न र बेसाहारा को साहारा बन्न उक्त कार्यक्रम को आयोजना गरेको शिखर नगर पालिका कि उप प्रमुख सुनिता रावल (जोरा) ले बताइन्। ३० जना बालबालिका लाई स्कुलमा आबस्यक पर्ने कापी,कलम,झोला,औजार बक्स जस्ता सम्पूर्ण सामाग्री हस्तान्तरण गरिएको हो। उक्त कार्यक्रम मा शिखर नगर पालिका कि उप प्रमुख सुनिता रावल (जोरा) सभापति रहनु भएको थियो। भने प्रमुख अतिथि निमित्त कार्यालय प्रमुख जयप्रकाश मल्ल त्यसैगरी बालबालिका शाखा प्रमुख सुमित्रा गुरुङ र विभिन्न वडा का वडा सदस्य लगायत ती बालबालिका का अभिभावक को सहभागि रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *