डाेटी कांग्रेसकाे भेलाले बिद्राेहकाे तयारी गर्दै

पाँजलो न्युज
१ असोज २०७९ ९:३१
डाेटी कांग्रेसकाे भेलाले बिद्राेहकाे तयारी गर्दै

असाेज १ काठमाडौं । गठबन्धनकाे बिषयमा पार्टी नेतृत्वले हस्तक्षेप गरेकाे भन्दै नेपाली कांग्रेस डाेटीकाे भेला काठमाडौंमा बस्न लागेकाे छ । सिनियर नेता तथा कार्यकर्ताहरू सहभागि हुने साे भेलाले पार्टी नेतृत्वका बिरूद्व बिद्राेह गर्ने तयारी गरिरहेकाे स्राेतले बताएकाे छ ।
कांग्रेसका महाधिबेशन प्रतिनिधि हर्क देउबाकाे काेटेश्वर स्थित सेवन्टिकामा आइतबार  बिहान ८ बजे भेला बस्न लागिएकाे जिल्ला सचिव गणेश खड्काले बताए । पार्टी सभापति शेर बहादुर देउबालाई भेट्न गएकाे जिल्लाका शिर्ष नेताहरूकाे टाेलीलाई डाेटीमा गठबन्धन गर्ने स्पष्ट सन्देश दिएपछि नेता तथा कार्यकर्ताहरू आक्राेसित भएका छन् । स्राेतका अनुसार सभापति देउबाले कांग्रेसका नेताहरू बिचमै सहमति हुन नसकेकाले गठबन्धन बाहेककाे बिकल्प नरहेकाे बताएका थिए । सभापतिकाे साेही कुरालाई काउन्टर दिन भेलाले पार्टीभित्र बिद्राेह गर्ने सम्म सामुहिक  निर्णयकाे तयारी रहेकाे स्राेतले बताएकाे छ ।
यद्दपी पार्टी सभापति नरेन्द्र बहादुर सिंहले नेताहरू बिच एकता नभएकाे भ्रम चिर्न भेलाकाे आयाेजना गरिन लागेकाे बताएका छन् । व्यक्ति कस्ले टिकट पाउने भन्ने कुरा गाैण हाे  सभापति सिंहले भने नेतृत्वले  जसलाई टिकट दिएपनि स्वीकार हुन्छ तर जबरजस्ती गठबन्धन लाद्नु भएन । स्राेतका अनुसार प्रतिनिधी सभामा एकिकृत समाजबादीबाट प्रेम बहादुर आलेमगरले टिकट पाउने लगभग पक्कापक्की भएकाे छ । प्रदेश ख मा माओवादी केन्द्र र प्रदेश क मा नेपाली कांग्रेसले सत्तागठबन्धनबाट  टिकट पाउने भएका छन् ।
कांग्रेसबाट प्रतिनिधी सभामा बीर बहादुर बलायर, भरत बहादुर खड्का, आनन्द बिष्ट, पुष्पकुमार शाही आकांक्षि छन् । चारै जना आकांक्षिले एकअर्कालाई  नस्विकारेकाे खबर पार्टी सभापति देउबाकहाँ पुगेपछि आलेमगरलाई गठबन्धनबाट टिकट पाउन सहज भएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *