डोटीको केदारेश्वर मावि बडीकेदारका विद्यार्थी द्वारा रसुवाका बाढी पीडितका १० हजार सहयोग

एकेन्द्र चन्द
२२ भदौ २०८३ ८:०५
डोटीको केदारेश्वर मावि बडीकेदारका विद्यार्थी द्वारा रसुवाका बाढी पीडितका १० हजार सहयोग

डोटी : रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण भएको जनधन तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै डोटीको बडीकेदार गाउँपालिकाको वडा नम्बर -५ रन्तोलामा रहेको केदारेश्वर माबीका विद्यार्थीहरूले रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्।
बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका विद्यार्थी भाइबहिनीहरूले रकम संकलन गरेका हुन्। विद्यार्थीहरूले आफ्नो क्षमता र इच्छाअनुसार संकलन गरेको १० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।
भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याएपछि विपद्मा परेका नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। सोही क्रममा विद्यार्थीहरूले समेत मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको भावना देखाउँदै बाढीपीडितका लागि सहयोग गरेका हुन्।
सानो उमेरदेखि नै विपद्मा परेका नागरिकप्रति सहयोग र सहानुभूतिको भावना विकास होस् भन्ने उद्देश्यले विद्यार्थीहरूले रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको विद्यालयको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *