भोटेकोशी बाढीपीडितका लागि सरस्वती माविका विद्यार्थीले जुटाए ३२ हजार बढी राहत

पाँजलो न्युज
२१ भदौ २०८३ १०:०७
भोटेकोशी बाढीपीडितका लागि सरस्वती माविका विद्यार्थीले जुटाए ३२ हजार बढी राहत

दिपायल- डोटीको के.आई.सिंह गाउँपालिका–५ रानागाउँस्थित श्री सरस्वती माध्यमिक विद्यालय का विद्यार्थीहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३२ हजार रुपैयाँभन्दा बढी राहत सहयोग गरेका छन्।
मिति २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको व्यापक जनधन तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले राहत रकम संकलन गरेका हुन्।
विद्यार्थीहरूले संकलन गरेको रु. ३२ हजार २३७ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।
आपत्–विपद्को समयमा पीडितलाई सहयोग गर्नु सबैको कर्तव्य र सामाजिक उत्तरदायित्व भएको भन्दै विद्यालयले सहयोग गर्ने सम्पूर्ण विद्यार्थीलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *