के.आई.सिंह गाउँपालिकावाट १३ लाख ४६ हजार रूपैयाँ उद्वार काेषमा जम्मा गर्ने घाेषणा

पाँजलो न्युज
१६ भदौ २०८३ ४:२७
के.आई.सिंह गाउँपालिकावाट १३ लाख ४६ हजार रूपैयाँ उद्वार काेषमा जम्मा गर्ने घाेषणा

डाेटी- के.आई.सिंह गाउँपालिकाले १३ लाख ४६ हजार रूपैयाँ प्रधानमन्त्री दैवी प्रकाेप उद्वार काेषमा जम्मा गर्ने भएकाे छ ।
जनप्रतिनिधि , कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीहरूकाे मासिक तलव मध्यवाट ११ लाख ९५ हजार रूपैया तथा  गाउँपालिकाकाे तर्फवाट एक लाख ५१ हजार रूपैया संकलन गरी जम्मा १३ लाख ४६ हजार रूपैया जम्मा गर्ने बताईएकाे छ ।
गाउँपालिकाकाे कार्यपालिकाले मासिक तलवमध्य १५ प्रतिशत रकम उद्वारकाेषमा जम्मा गर्नेे निर्णय गरिएकाे पालिकाद्वारा जारी प्रेस विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

गत भदाै १० गते भाेटेकाेशीमा आएकाे विनाशकारी बाढी पहिराेवाट प्रभावितहरूलाई राहत दिने उदेश्यले साे रकम जम्मा गर्न लागिएकाे जनाइएकाे छ ।

गाउँपालिका अध्यक्ष लाेकेन्द्र बहादुर शाहीले सराेकारवाला जनप्रतिनिधी कर्मचारी एवम् शाखासंग राहतका लागि रायसुझाव एवम् सहमति जुटाउन केही समय लागेकाे जानकारी दिएका छन् ।

उनले राहत रकमका लागि सहयाेग पुराउने सवै जनप्रतिनिधि , कर्मचारी, शिक्षक एवम स्वास्थ्यकर्मीहरूलाई धन्यवादका साथै कृतज्ञता व्यक्त गरेका छन् ।
गाउँकार्यपालिकाले मासिक तलवकाे १५ प्रतिशत रकम राहत स्वरूप जम्मा गर्ने भनि गरिएकाे निर्णय अनुसार अनुमानित रूपमा जनप्रतिनिधिवाट ८३ हजार एक सय, कर्मचारीहरूवाट ३ लाख २७ हजार २ सय ३२, स्वास्थ्यकर्मीहरूवाट एक लाख ९७ हजार ३ सय ९४ , शिक्षकहरूवाट ५ लाख ८७ हजार ६ सय ८ रूपैया हुन आउने केआईसिंह गाउँपालिकाका सूचना अधिकारी पुष्पराज भट्टले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *