डोटी- रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि डोटीको सुजङ इङ्लिस बोर्डिङ मोडेल स्कुलले २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ।
विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीले आफ्नो एक महिनाको तलबबाट तीन दिन बराबरको ८९ हजार ९ सय ६९ रुपैयाँ, विद्यार्थीले खाजाबाट बचाएको ३९ हजार ५० रुपैयाँ, विद्यालयमा गठित जुनियर रेडक्रस कोषबाट १८ हजार २ सय ३ रुपैयाँ र विद्यालयको तर्फबाट ७५ हजार रुपैयाँ गरी उक्त रकम संकलन गरिएको विद्यालयका निर्देशक नरेश बलायरले जानकारी दिए।
विद्यालयले संकलन गरेको रकम बाढीपीडितको उद्धार तथा राहतका लागि डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई हस्तान्तरण गरेको हो।
रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरे नेपालले देश विपत्तिमा परेका बेला सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गरिरहेको बताइन्। विपद्को यस घडीमा सुजङ स्कुल परिवारले गरेको सहयोगले बाढी प्रभावित नागरिकको उद्धार तथा राहतमा महत्वपूर्ण योगदान पुग्ने बताउनु भयको छ ।
विद्यालय परिवार, शिक्षक–कर्मचारी तथा विद्यार्थीले आफ्नो तर्फबाट रकम संकलन गरी विपद्मा परेका नागरिकलाई सहयोग गरेको विद्यालयले जनाएको छ।







प्रतिक्रिया