दिपायल- डोटीको बडीकेदार गाउँपालिका–२ खरहरमा घरमा झ्याल–ढोका बनाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ।
शनिबार साँझ करिब ४:४५ बजे स्थानीय डम्बरबहादुर पल्ली मगरको घरमा झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका अन्दाजी ५०/५१ वर्षीय हर्कबहादुर पल्ली मगरलाई अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले बताए।
घटनाबारे स्थानीय वडा सदस्य तारा रामजालीले साँझ करिब ८:३० बजे प्रहरीलाई टेलिफोनमार्फत जानकारी गराएका थिए। त्यसलगत्तै इलाका प्रहरी कार्यालय विपीनगरबाट प्रहरी निरीक्षक वीरबहादुर बोहराको नेतृत्वमा सात सदस्यीय टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।







प्रतिक्रिया