जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवन तिमिल्सिनाका अनुसार बुधवार बिहान पौने १२ बजेतिर प्रधानाध्यापक भण्डारीले विद्यार्थीमाथि लात्ती र मुक्का प्रहार गरी घाइते बनाएका हुन्।
घाइते तेजसिंह भण्डारीलाई तल्लादेही स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते विद्यार्थीको धनगढीको एक निजी अस्पतालमा उपचार भइरहेको छ।
घटनामा संलग्न प्रधानाध्यापकलाई पक्राउ गरिसकिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। प्रधानाध्यापक भण्डारी अहिले इलाका प्रहरी कार्यालय पाटनको नियन्त्रणमा छन्।







प्रतिक्रिया