डोटीमा ईभी हाइस दुर्घटना : ६ जना घाइते, चालक नियन्त्रणमा

पाँजलो न्युज
२३ वैशाख २०८३ ४:५८
डोटीमा ईभी हाइस दुर्घटना : ६ जना घाइते, चालक नियन्त्रणमा

डोटी- डोटीमा यात्रुबाहक ईभी हाइस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। धनगढीबाट डोटी आउँदै गरेको सुपप्र ०२००१ ख १५१० नम्बरको हाइस जोरायल गाउँपालिका–२ बुडर बजार नजिक बुधबार बिहान करिब ७:४० बजे दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार १६ जना यात्रु सवार उक्त हाइस सडकको दाहिने वालमा ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
दुर्घटनामा कैलालीको गोदावरी नगरपालिका–१ की २५ वर्षीया निर्मला जोशी, १४ वर्षीया सपना भण्डारी र ६० वर्षीय जयबहादुर ताम्राकार घाइते भएका छन्। यस्तै, गोदावरी नगरपालिका–११ की १६ वर्षीया शान्ति अवस्थित, सोही स्थानका ४४ वर्षीय खेमराज भट्टराई र वडा नम्बर १० की प्रियंका भण्डारी पनि घाइते भएको प्रहरीले जनाएको छ।
घाइते सबैलाई थप उपचारका लागि धनगढी पठाइएको छ। घटनापछि हाइस चालक गोदावरी नगरपालिका–८ स्याउलेका अन्दाजी ३४ वर्षीय गणेशबहादुर बादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *