कैलाली– सरकारी जागिर लगाइदिने तथा अनुदान उपलब्ध गराइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोटी आदर्श गाउँपालिका–२ का ३३ वर्षीय तुलाराम कोली रहेका छन्।
हाल कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा बस्दै आएका कोलीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले उनकै निवासबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार उनीविरुद्ध ठगी सम्बन्धी उजुरी परेपछि पक्राउ गरिएको हो।
प्रहरीका अनुसार कोलीविरुद्ध विभिन्न व्यक्तिबाट ठगी गरेको भन्दै हालसम्म १० वटा उजुरी दर्ता भइसकेका छन्। प्रारम्भिक अनुसन्धानबाट करिब १ करोड २० लाख रुपैयाँ बराबरको ठगी भएको खुलेको छ।
हाल कोलीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ भने ठगी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया