डोटीमा बोलेरो जीप दुर्घटना : चालकसहित दुईको ज्यान गयो

डोटीको आदर्श गाउँपालिका–६ मा गएराति बोलेरो जीप करिब ९ सय मिटर तल खस्दा चालकसहित दुई युवाको घटनास्थलमै मृत्यु भएको छ। * खतेडाबाट काँडीस्याउले जाँदै गरेको बोलेरो जीप दुर्घटनामा पर्दा २२ वर्षीय चालक र १९ वर्षीय एक युवकको ज्यान गएको प्रहरीले जनाएको छ। शव उद्धार कार्य जारी छ।

पाँजलो न्युज
१० चैत २०८२ ३:०१
डोटीमा बोलेरो जीप दुर्घटना : चालकसहित दुईको ज्यान गयो

डोटी – जिल्लाको आदर्श गाउँपालिका–६ स्थित रौसेल्ला खोलामा गएराति बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
मंगलबार राति करिब साढे १२ बजे खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ३९२३ नम्बरको बोलेरो जीप मौवा–गिरिचौका भित्री कच्ची सडकखण्डबाट करिब ९ सय मिटर तल सैली खोलामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका २२ वर्षीय चालक सुबोध रोकाया र १९ वर्षीय कैलाश विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ।
प्रहरी निरीक्षक पदमराज पन्तको नेतृत्वमा खटिएको टोलीले उद्धार कार्य गरिरहेको छ। मृतक दुवैको शव घटनास्थलबाट सडकसम्म ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *