कैलालीको मैदानमा प्रेम आलेको झड्का, तेस्रो स्थानमा खुम्चिए

पाँजलो न्युज
२३ फागुन २०८२ १४:३२
कैलालीको मैदानमा प्रेम आलेको झड्का, तेस्रो स्थानमा खुम्चिए

दिनेश जोशी डोटी- पूर्वमन्त्री प्रेम आले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजित भएका छन्। कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका आले मतगणनाको अन्तिम परिणाममा तेस्रो स्थानमा सीमित भएका हुन्।
नेपाली कम्युनिष्ट पार्टीबाट चुनाव लडेका उनले ७ हजार ८७६ मत प्राप्त गरेका छन्। यद्यपि उनले आफ्नो धरौटी भने जोगाएका छन्। उक्त क्षेत्रमा कुल ६२ हजार १४७ मत सदर भएकाले धरौटी जोगाउन उम्मेदवारले कम्तीमा ६ हजार २१ मत प्राप्त गर्नुपर्ने थियो।
संघीय सरकारमा मन्त्रीसमेत भइसकेका आले यसअघि डोटीबाट दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। यसपटक भने कैलालीबाट चुनावी मैदानमा उत्रिएका उनलाई अपेक्षाअनुसार मत प्राप्त हुन सकेन।
यसैबीच कैलालीकै अन्य निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका दुई पूर्वमन्त्री पनि मतगणनामा पछि परेका छन्।
कैलाली–३ मा नेकपा (एमाले) का उम्मेदवार तथा पूर्वमन्त्री गौरीशङ्कर चौधरी हालसम्मको परिणामअनुसार चौथो स्थानमा देखिएका छन्।
त्यसैगरी कैलाली–४ मा पूर्वमन्त्री लेखराज भट्ट पनि ४ हजार ७२१ मतसहित तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *